Activites
Bhardwaj Muni
Photo Gallery
World Tour
Meditation
 
   
E-mail:
manjari2008@hotmail.com
 
 
« return

 

चतुःश्लोकी भागवत
Chatu-Sholki Bhagwat


अहमेवासमेवाग्रे नान्यद् यत् सदसत् परम् ।
पश्चादहं यदेतच्च यो˜वशिष्येत सो˜स्म्यहम् ।।१।।
ऋते˜र्थ यत् प्रतीयेत न प्रतीयेत चात्मनि ।
तद्विद्यादात्मनो मायां यथा˜˜भासो यथा तमः ।।२।।
यथा महान्ति भूतानि भूतेषूच्चावचेष्वनु ।
प्रविष्टान्यप्रविष्टानि तथा तेषु न तेष्वहम् ।।३।।
एतावदेव जिज्ञास्यं तत्वजिज्ञासुना˜˜त्मनः ।
अन्वयव्यतिरेकाभ्यां यत् स्यात् र्सवत्र र्सवदा ।।४।।

अर्थात् यो सृष्टि भन्दा पहिले, मध्ये र पछि पनि एकमात्र भगवान् नै हुनुहुन्छ । भगवान् को अतिरिक्त न स्थूल न शूक्ष्म न यी दुबैको कारण स्वरूप अज्ञान नै छ । सृष्टिको अभावमा जो बचेको हुन्छ त्यो अनिर्वचनीय यथार्थ पनि स्वयं इश्वर नै हो । यथार्थमा समस्त आकाशादि पञ्चमहा भूतद्वारा निर्मित निमित्त कारणद्वारा श्रृजित समस्त स्वरूपका साना ठूला जीव शरीरमा पनि उनै इश्वर रहेको र ती पञ्चमहाभूत मा पनि पहिले देखि नै उपादान कारण रूपमा अवस्थित भएको हुँदा जीव भीत्र प्रविष्ट नभए जस्तो भाष हुने पनि स्वयं इश्वर नै हुनुहुन्छ । यसैगरी स्वयं भगवान् नै भएको द्वैताभावका कारण माया को उपस्थिति भएर निषेधको पद्धतिद्वारा यो यो चाहिँ ब्रहृम हो भनिए पनि अन्वय पद्धतिले र्सवातीत र्सवस्वरूप र्सवत्र विरोधाभास का अधिष्ठाता पनि स्वयं भगवान् नै हुनुहुन्छ । अर्थात् समस्त कार्य, कारण, अकारण सबै भगवान् नै हुनुहुन्छ ।
 
Home   Introduction   World Tour   Publication    Meditation
  Copyright © Babanarayan.org. All Rights Reserved.
Designed by : MountDigit Technology