Activites
Bhardwaj Muni
Photo Gallery
World Tour
Meditation
 
   
E-mail:
manjari2008@hotmail.com
 

Enlighten

Narayan baba is a person having divinely enlightened by the direct bless of God. He is not supposing that he had any such quality (Rather he supposes he is least then Sin-beings) still in his life there are many divinely activities has happening. Just some hints are given in the link of glimpse of this website also.  Anyway Baba considered these are not the matter of sharing in open ways. At least he supposed if he could share some internal hints on the way of purification in the path of real love toward God through the way of devotion (Condition less) or the activities of Madhur Ras (Madhur Upashana).

According to Baba: In this world, to give some output specially targeting to human beings some time God himself and some time his (God) Devotees  had been trying to give different instruction for well beings. Regarding this aspect many activities has happening as following ways.
  • First of all 'The Veda' appeared through Creator Bhamha ji
  • Lord Shree Krishna himself comes to gives instruction in Kurukshetra creating patra  Arjun.     
  • Vyaasdeva Cames to annalized the Veda in four different part as well as he prepared different department likes Puranas including the Shrimada Bhagavatam also.
  • Madhur Upashak (Rashik Mahatman like Sukadeva swami) has starts to Chant Bhagavatam toward Braja Rashik.

Yes, everything is happening as according to the idea of Hari. Still if he feels to do some time to time correction this or that then he could do some significant or privilege to do or not do this or that. In this way of this understanding specially about the "Description of contradiction part or super nature area's activities like Maha Raas-Ras" Baba is also feeling to be considered as tools to gives some ideas……………or Radhe ! Radhe !! Anyway at least Baba would like to say without being a direct Previllaged–Rashik Patra (Without getting some proper hint) if we tried then the meaning would be poor.  Specially about the description of Raas and following given contradict type of statement be care full to give description only your supposing better knowledge of Vedanta, Sanskrit Language, byakaran-Grammer, swor  Channda etc. ….or Radhe ! Radhe !!

Usually the main hesitation of Baba is in the description about Maha Raas as well as some following statements which meaning should be somehow necessary to do correction by Geeta Press also.

  1. उध्र्वमूलमधःशाखश्वयं प्राहुरव्ययम् ।
    छन्दांसि यस्य पर्णानि यस्तं वेद स वेदवित् ।। श्रीमद्भगवतगीता १५।१


  2. सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रजः ।
    अहं त्वा सर्वपापेभ्यों मोक्षयिष्यामि मा शुचः श्रीमद्भगवत्गीता १८/६६


  3. एतावदेव जिज्ञास्यं तत्वजिज्ञासुनाऽऽत्मनः ।
    अन्वयव्यतिरेकाभ्यां यत् स्यात् सर्वत्र सर्वदा ।।४।। श्रीमद्भागवत् चौथो श्लोक ।


  4. सर्वं हि विज्ञानमतो यथार्थकं श्रुतिस्मृतिव्यो निखिलस्य वस्तुनः।
    ब्रहात्मकत्वा दितिवेदविन्मतं त्रिरूपतापि श्रुतिसूत
    ्रसाधिता ।।७ ।। निम्बार्क दशस्लोकी


श्रीभगवतानुभूति
Realization of Godhood


नारायणबाबा को जीवनका अधिकाँस क्षण विविध दैवीय घटनाका कारण अत्यन्त विशेष बनिरहेका छन् । वास्तवमा यस्तो लाग्छ कि बाबा एउटा प्रत्यक्ष रूपमा दैवीय तरिकाबाट प्रायोजित जीवन विताइरहेका छन् । बाबालाई एकिन पनि भएको छ कि उनको जीवनको हरेक घटना का प्रायोजक अन्य कोहि होइन स्वयं श्रीकृष्ण भगवान् हुनुहुन्छ । बाबाका हरेक मोड र घटनालाई विचार गर्दा बाबाको हृदयमा स्वयं भगवान् श्रीकृष्ण विराजमान हुनु भएको छ । घटना वा झाँकीको रुपमा मधुर भावमा भगवान् र बाबाको सुलभ सामिप्य हुने भएकोले बाबाले पनि बाँकीको जीवनलाई निमित्त भावमा अपनाउनु परेको यथार्थ छ । श्रीराधाकृष्ण भगवानबाट असीम कृपा भएर यहि जीवनमा भावापत्ति–रास प्रवेशसम्म लीला अनुभूति बाबाको अन्तरहृदय अनुभूति निरन्तर चिन्तनधन भगवतकृपाले स्वतः घटित भएको छ ।  बाबाको लागी संसारलाई एस कुराको प्रमाण दिन त केहि इच्छा होइन तर कलिकाल भएकाले श्रीराधाकृष्णका रसिक भक्तहरू बाबा का पनि अति प्रिय पात्र हुन् तसर्थ बाबा केहि अन्तर रहस्यहरूलाई सांकेतिक उदघाटन गर्न चाहनु हुन्छ । जस्तो यो जगतमा मानव जीवको एक मात्र सनातन परं मालिक, साथी, प्रेमि जुन भावमा भने पनि भगवान् श्रीकृष्ण हुनुहुन्छ । जगतमा देखिएका अन्य समस्त दैवीय र प्राकृत स्वरुप पनि श्रीकृष्णकै क्रमश अंशभूतहरू हुन् अणुतु्रटी जीव देखि शिव पर्यन्त स्वयं श्रीकृष्ण कै विविध स्वरूपमा हुनुहुन्छ अर्थात् स्वयं श्रीकृष्णनै हुनुहुन्छ । श्रीकृष्णले नै यो समस्त बहाण्ड चराचरमा आफ्नो व्यापार फैलाउनु भएको छ । यो अति गोप्य रहस्यको बोध चाँहि क्रमबद्धज्ञान होइन । भगवान् श्रीकृष्णकै कृपाबाट क्रमभङ्ग रहस्यका केहि संकेतहरूको बोध बाबालाई साक्षातकार भयो, यो सत्य बचन हो । स्वयं श्रीराधा किशोरीज्यूले बाबालाई स्वरुप पहिचान गराइदिनु भएकोछ । बाबाको दृष्टिदोषको कारण उनीसंग अद्यापि संसार घटित भइरहेको छ यो केवल बाबाको मात्र दोष हो ।
 
श्रीकृष्णको ऐस्वर्य व्यापारः  श्रीकृष्णभगवानले नै क्रक्रबद्ध क्षेत्रका सर्वोच्च बैकुण्ठधाम पर्यन्त विविध ऐश्वर्य लीला चलाउनु हुन्छ । यो ऐश्वर्य जगत व्यापार विधिले नै समस्त ब्रहाण्ड चराचरलाई ढाकेको छ । भगवान्को यो ऐश्वर्य जगत व्यापार नाफा–घाटा को आधार मा विनिमय हुन्छ । ज्ञान, ध्यान, योग जस्ता साधना सामाग्री–धनको गुणवत्ता÷क्वालिटीको आधारमा साधकलाई मिल्ने प्रतिफल पनि भिन्न भिन्न हुन्छन् । धर्म, अर्थ, काम (भू–स्वर्गादि रतिभोगको प्राप्तीलाई काम भनिएको हो) र मोक्ष नै यस व्यापार जगतका मुख्य उत्पादनहरू/प्रोडक्टहरू हुन् । भगवान् श्रीराधाकृष्ण नै यस व्यापार क्षेत्र मा लक्ष्मीनारायण, शिवपार्वती आदि उच्च आदर्शमय ऐस्वर्य–वैराग्यादि भगवत्स्वरूप धारण गरेर सोहि विधिले प्राप्त हुने फल प्राप्ति गराउनु हुन्छ । संसारको प्राकृत लौकिक नरक, स्वर्गीय हुँदै ब्रहलोक पर्यन्तका सिद्धिहरू साथै विशुद्ध वैदिक उपासना र वैराज्ञ भावले प्राप्त हुने क्रमबद्ध सृष्टिको सर्वोच्च बैकुण्ठलोक शिवलोक पर्यन्तका सिद्धि/भोग प्रवेश सबै नै श्रीराधाकृष्णको ऐश्वर्य व्यापार जगतमा पर्दछन् । (विद्धानहरूले बाबाको यो कुरालाई शास्त्रको इँशाराका आधारमा एकिन गरेर आफूलाई विस्वस्त गराउँनु होला । )

यसमा साधकले मुख्यतः आफ्ना इष्टको पूजा, अर्चना, योग, ध्यान, वैराज्ञ आदि उपासना विधिले भगवान्लाई खुसी बनाउने साधना गरेका हुन्छन् । त्यो साधनाको लक्ष्यहरू विविध हुन्छन् तथापि जीवले उसको प्राकृत बुद्धि र अन्तकरणमा सोच्नसक्ने सर्वोच्च प्रतिफल भनेको मोक्ष नै हो । जीवका ती सबै अन्तकरणका सोध गर्दै उनै श्रीकृष्णले विविध ऐश्वर्य÷वैराज्ञादि धाम प्रदान गरिदिनु हुन्छ साथै उहाँ श्रीकृष्ण नै विविध स्वरुपहरू र नामले नै समस्त बैकुण्ठ–शिवादिलोक पर्यन्तको व्यापार ढाकिदिनु हुन्छ । सामान्य लौकिक जगतका पृथ्वी–बासी मानिसहरू अलग अलग जातीय वा प्रान्तिय धर्मको रूपमा पनि भगवान् श्रीकृष्णको यहि ऐश्वर्य व्यापारमा रुमलिएका हुन्छन् तथापि मानिस भगवान् श्रीकृष्णको यो बहुआयामिक भगवतसत्ताको बारेमा अनविज्ञ छन् । उनीहरू श्रीकृष्ण भगवान्लाई हिन्दुहरूका देवता भनेर आफ्नो अलग धार्मिक पहिचान भएको बताउँछन् । वास्तवमा श्रीकृष्ण कै अंश विभुती नै इशाइँ, मुसालमान लगाएतका संसारका सबै धर्म वा संप्रदाय भित्र समेटिन्छन् भन्ने रहस्य मासिनले नबुझेर श्रीकृष्णलाई हिन्दुको मात्र देवता मान्नु नै अचम्म छ । समयको संकुचित स्वार्थको कारणले मानिस जात, प्रान्तमा विभाजन हुँदै जादाँ यस्तो अलग अलग स्वरुपमा विभाजन भएको हो । वास्तवमा श्रीकृष्ण भगवान् नै बुद्ध, एशु, अल्लाह हुन् । बाबा भन्नुहुन्छ ! विशेष भगवत्कृपा नभएसम्म मासिनलाई यो कुराको अनुभूति हुनै सक्दैन ।
 
आजीवन सजातीय चिन्तनमा ग्रसित भएको कारण समाजका पण्डितहरू पनि अन्ततः कहाँ कहाँ अल्मलिन पुग्छन् । आफ्नो जीव सत्ताको अभिमान समापन नगरी भगवान् श्रीकृष्णको शास्वत्धाम श्रीगोलोकको रसो वै सः भावमा प्रवेश नै नभइकन आफ्नो अमूल्य जीवनको आयु समाप्त गर्दछ । एस यथार्थमा कसैलाई पनि कुनै चिन्ता छैन् तथापि कहिले कहिँ परिवार र समाजको घटनाबाट घाटे वैराज्ञ उत्पन्न भइ कसै कसैमा केहि, केहि लक्षण देखिएता पनि पुनः सेलाइहाल्ने बैराज्ञ पाल्नु भएको हे मानिसहरू हो ! तँपाई हामीले चाँडै आफ्नो वैराज्ञ धनलाई सतत बनाउनु परेको छ, तर बाबाको विचारमा मानिसको अवस्था कहाँलिलाग्दो छ । उसले आफ्ना हातगोडा आफैले बाधेर हिलोमा लडेकोछ, यति मात्र होइन त्यो हिलो र दलदललाई नै उसले आफ्नो पहिचान बनाइसकेको छ ! बाबाको लागी यो भन्दा उदेक् लाग्ने कुरो अन्य के हुनसक्ला र ! सच्चा भगवत् शरणागति सिद्धि नभई विषयबाट उम्कने नाममा पण्डितहरूले जताबाट कान समाउन खोजे पनि जीव प्रकृति÷मायाको नरम पास बाट उम्कने क्षमता राख्न सक्दैन । तसर्थ सच्चा शरणागति आफैले आफैलाई नढाटि हामीले भगवान्मा शरणागत हुनु परेको छ । हामी जीवको कमि यहि छ हामीलाई सतत वैराज्ञधन प्राप्त भएकै छैन र हामीले त्यसको लागी केहि उद्योग नै गरेनौं ! हामीले हामी भित्र भएको कपटलाई चतुरता पूर्वक पोषण गरेर समाज सापेक्ष राम्रो साधु वा प्रतिष्ठित बन्ने होडमा नथापाइकन हाम्रो बहुमूल्य समय विताइरहेका छौं, यो समयको दूरुपयोग हो ।
 
श्रीकृष्णको माधुर्य व्यापार जगतः भगवान् श्रीराधाकृष्णको अतिप्रिय मधुर–व्यापार जगतको लीलामा भगवान् र साधकहरू दुवैमा सख्य, वात्सल्य, माधुर्यभावादिको कारण आ–आफ्नो सत्तालाई भुलेर भगवत–रति भावले त्रमभङ्ग क्षेत्रमा एक अर्कामा निस्कामभाव को प्रिति गर्दछन् । सनातन सखीभाव भएकोले जीव र भगवान्को मधुर रस बीचको यो स्वभाविक उच्च सनातन प्रिती हो । वास्तवमा जीवको अति उच्चतम् आदर्श स्वाभाव नै उसको सनातन सखा–भगवान् श्रीराधाकृष्ण प्रतिको निस्काम प्रिती तत् सुखि सुखित्वः हो यसमा घाटा–घाटाको आधारमा प्रितिरस सौदा हुन्छ । यो अवस्था सहज प्राप्य होइन् जीवको शरणागतिभाव सिद्ध नभइ वा भगवान्को प्रत्यक्ष अकारण अनुकम्पा नभइ यो घटना जीवमा घटित हुनै सक्दैन । यो नै भगवान् ले जीव प्रति गर्ने सबै भन्दा ठूलो कृपा हो । यहाँ भन्दा परको कुनै आनन्द अलौकिक÷अप्राकृत रतिरस यो अखिल ब्रहाण्डमा केहि र कतै छैन । यो मधुर प्रिति रसलाई विस्तार गर्न भगवान् स्वयंले आफ्नो ऐस्वर्य सत्तालाई छिपाएर आफ्ना रसिक भक्तहरू समक्ष समत्व भावले प्रकट हुनुपर्छ । यस्तो अलौकिक चिन्मय महा रसलीला सम्पन्न गर्न रसाधार / योगमाया, भुजङ्गिनी, श्रीराधाको साथ लिएर भगवान् श्रीकृष्णले आफ्नो सबै भन्दा उच्च रसधाम श्रीगोलोकमा नित्य क्षण क्षण नव नव रसवर्धन गरिरहनु हुन्छ । सोहि लीला का केहि अंशहरू भगवान्ले लौकिक श्रीब्रजभूमि मा पनि जीवका प्राकृत चर्मचक्षुले समेत केहि अंशलाई बुझन सक्ने गरी द्वापरान्तमा स्वयंले प्रकट गरी मञ्चन गर्नु भयो । सोहि रस विस्तार अद्यापि सिद्ध रसिकका हृदय पटल मा अहिले पनि छछल्किरहेको छ । साथै स्वयं भगवान्ले श्रीब्रजबाट पादमेकं नगच्छति भनेर यो भूमि र रसलाई अत्यन्त महत्व दिनु भएको छ । यो रसिकहरूको लागी स्वतः अत्यन्त प्रिय भूमिहो ।

बाबा भन्नुहुन्छ ! रसिकहरूको अनुभूति नै रससाधानाको प्रमाण र आधार हुन् । सनकादिक मुनीहरू, देवर्षि नारद, साण्डिल्य, श्रीशुकदेव, श्रीचैतन्यजी महाप्रभु, श्रीरुपगोश्वामी, सनातनगोस्वामी केशवकाश्मिरी, हरिदास, सूरदास, नारायणभट्ट जस्ता अनेकौ रस विभूतिको अनुभूति रससाधानाको आधार उदारण हो । विभिन्न शास्त्र, वेद पुराण सहित मुख्यतः परंहसं संहिता श्रीमद्भागवतको दशम स्कन्ध मा उल्लेखित परंहँस श्रीशुकदेवजी ले समाधिमा देखेका झाँकीहरूका साथै उद्धवआदि महाज्ञानीहरू समपर्ण भावले मधुर रस बर्धन गरेका छन् । यो रस साधनको प्राण हो । श्रीगोलोकमा नित्य र श्रीभू–ब्रजमा चाहि नित्य र प्रकट गरी दुवै प्रकारको मधुर लीलाको व्यापार चलाउँनु हुन्छ । यस मधुर व्यापार क्षेत्रको मुख्य उत्पादन चाँहि श्रीकृष्णको परं मधुर रति रास रस गोपीभाव हो । यहि भाव राधा महा रतिरस भावको सिन्धुमा गएर मिलन हुन्छ यहि नै महारास हो ।  भगवान् श्रीकृष्ण स्वयं नै श्रीराधा स्वरुपमा पनि प्रकट भएर यो उच्च महारति रस वर्धन गरी आफ्ना अनन्य भक्तहरूलाई विविध विधिले नित्य निरन्तर यो रस बाढ्नु हुन्छ । यो महारास राधाभाव–रस नै जीवको लागी परं उपलब्धी हो । यहाँ भगवान् र जीव सनातन सखाका रुपमा प्रकट भएर श्रीकीशोरीज्यूको सहारामा यो रस विस्तार हुन्छ । प्रकट मधुरलीलाः यो प्रकट लीलावस्थामा भगवान्का परिकर सहित, निश्चित स्थानमा, निश्चित स्थानमा विविध मधुर लीला गर्दछन् द्वापरान्त मा भगवान् ले ११ वर्ष ५२ दिन श्रीब्रजमा गरेको सबै मधुर लीलाहरू नै प्रकट मधुर रसलीला हुन् । त्यस पछि पनि सो भूमिमा नित्य मधुरः लीलाहरू चाँही भइरहेको यथार्थ भगवान्का मधुर साधक बाट छिपेको छैन । यहि परिप्रेक्ष्यमा बाबालाई पनि श्रीब्रजको मधुर रसभावको नित्य मधुर लीलामा समाहित हुने अवसर मिलिरहेको छ । भगवान् श्रीराधाकृष्णले विविध रुपमा बाबालाई दर्शन दिएर बाबालाई कृतार्थ पारिदिनु भएको छ । बाबालाई प्राप्त भएका ती रास पर्यन्तका झाँकीहरू र रसानुभूति के के हुन भनेर यथार्थ भौतिक शब्दमा अवतरण गराउँदा त्यस को दुरुपयोग हुने भय रहन्छ जो प्रितीको रीत विपरित हुन्छ । आफ्ना अत्यन्त प्रिय श्रीराधाकृष्णको मधुर रसको आन्तरिक यथार्थ रहस्य पात्रता पहिचान नभइकन बताउँन कसैगरी नमिल्ने भएकोले यी सबै यथार्थहरू बाबा संग सीमित रहन गएका छन् ।
 
बाबाको निस्कर्षः– जसरी एकै भगवान् श्रीकृष्णले यो समस्त बहाण्ड र जगतलाई (ऐश्वर्य र माधुर्र्य)  दुवै भावले समेटनु भएकोछ । ऐश्वर्य व्यापार विधिबाट क्रमबद्ध प्रकृयाआधामा समस्त ब्रहाण्ड र जीवको संचालन, व्यवस्थापन र समापन गर्नु हुन्छ । यसै गरी मधुरभाव व्यापार विधिबाट क्रमभङ्ग प्रकृयाका आधारमा भगवान्ले सर्वोच्च रतिरस बर्धन गर्नुहुन्छ साथै श्रीराधाका साथमा निजकला र लीलाको आश्वादन गराउँनु हुन्छ । दुवै क्षेत्रका व्यापार जगतमा अत्यन्त सान्दर्भिक हुने केवल एकमात्र हिरो श्रीकृष्णले नै अत्यन्त उत्कृष्ठ परं उपास्य पुरुषोत्तम् भगवान् हुनुन्छ । भगवान्को कृपाले क्रमभङ्गको प्रकृयाको रहस्य बोध भएपछि मात्र जीवलाई उध्र्वमूलमधःशाखश्वयं प्राहुरव्ययम्, अन्वयव्यतिरेकाभ्यां यत् स्यात् सर्वत्र सवर्दा रहस्यको अनुभूतिबोध हुनथाल्छ । यस्तो अवस्थामा साधकको अन्तरहृदयको अवस्था परिवर्तन भएको मानिन्छ । आफ्ना परंईष्टदेव श्रीराधाकृष्णसंग यी दुवै भावसिद्धिको लागी उहाँ संगै वास्तविक शरणागति स्वीकार गरेर सच्चा साधना गरेमा मानिसको जीवन अत्यन्त सार्थक बन्दछ । साधकले अन्हृदयमा अत्यन्त दैन्यताको विकास गर्दै  सत्वादिकर्महरू द्वारा जो सकिन्छ मातापिता, गुरु, गौ, ब्राहण, साधुसन्त, गरिबको यथाक्रम मर्यादा राखेर आफ्नो इष्टको सुखको लागि हर्निस प्रयत्न रहनु पर्छ । यी उपक्रमलाई विचार गर्दा आहिलेको बाबाको जीवन बचाई र तपाइँसंगको को सम्बन्ध केवल अनौपचारिक संयोग मात्र बाँकी रहनेछन् । जय श्री राधे ! 



Home   Introduction   World Tour   Publication    Meditation
  Copyright © Babanarayan.org. All Rights Reserved.
Designed by : MountDigit Technology