Baba's Sharing
• If you are really seeking for peace then be simple.
• Intelligent (Jyani) person Seek the reason for his sorrow within himself.
• The base of dual world is Maya and the base of Maya is ignorance!
• The INNER mental quality of a person is his real identity.
• the thing that is seen, is not and that is not seen is !
• BE CAREFUL; EVERY ANGLE OF THIS MATERIAL WORLD IS a task of POISONOUS AND searing.
• saatwic way of living and thinking is the ornament while the depth of his connection to Naama (Name), Roopa (personality), leela (doings) and dhaama (holy place) of god are the secret properties of a devotee.
समय, परिस्थिति, वातावरण, भूमि, साधनाको विषय र साधकको संस्कार अन्तरभावको अवस्थाले साधानाको सिद्धिमा असर पारेको हुन्छ ।
श्रीमद्भगद्गीता उपनिषदादिको माध्यमबाट अनन्त जन्मदेखिका वासना र तर्कहरूको निरुपण नभइकन हृदयपटलमा भगवत्भावको उदय हुदैन ।
भाषा र व्याकरणको पण्डित भएरमात्र श्रीमद्भावतमाको रासमा प्रवेश गर्न सकिन्न तर भाषा र व्यारणको ज्ञान नभए पनि चित्त वृति निर्मल भएर हृदयपटल खुलेको खण्डमा त्यस्ता निर्मल सरल साधकमा पनि श्रीराधाकृष्ण भगवान् आरुड हुनसक्नहुन्छ ।
श्रीमद्भागवत परंहसं संहिता गायत्रीकोभाष्य महारासको अप्राकृतभावको रहस्य कुनै साधकमा अवतरण हुनु भनेको एउटा विशुद्ध दैवीय घटना हो ।
कर्म परिपाक नभइ ज्ञानसिद्ध हुदैन, संसार प्रतिको वैराग्यज्ञान परिपाक नभई भक्तिसिद्ध हुदैन ।
क्रमभङ्ग अथात् अप्राकृत दैवीय जगतको व्यापार पनि शान्त, ऐश्वर्य र मधुरभाव अलग अलग व्यापारमै प्रतित हुन्छन् जसको छायाँ स्वरूप मात्र क्रर्मबद्ध अर्थात् प्राकृतिक/मायिक जगत व्यापारमा अवतरण हनहुन्छ त्यसैले साधारण जीवलाई यो भेद्खुल्न सक्दैन ।
साधकको अन्तरभावको प्रकृति अुनसारको फल–रस प्राप्ति गराउँन निमित्तभावमा मायिक जगतका गुरुलाई नै अगाडि सारेर वा कदाचित नसारी पनि सबै कार्यचाहिँ जगद्गुरु श्रीकृष्णले नै गर्नु हुन्छ ।
समयबद्ध मायिक जगतको विज्ञान र समयअबद्ध दैवीयजगतको विज्ञानको प्रकृति अलग अलग छ । एउटा विज्ञानक्रमबद्ध (नियमित Regular, सरल तथा जड्वस्तुआधरित) छ र अर्को विज्ञानक्रमभङ्ग (झाँकीरूप Episod, जड्बुद्धिभन्दापर दिव्यवस्तुमा आधारित) छ ।
व्यूहाङ्गस्वरूप श्रीवासुदेवको गुणानुवादमा हजार जिब्रा अर्पण गरेर पनि पुनः रसोपासनाका लागी आतुर बनेको श्रीशेष र परंवैराज्ञविभूति परंवैष्णव श्रीशिवजी सहित अङ्गीभूत भएर श्रीकृष्ण आराधिता नित्यकिशोरी श्रीराधाज्यूको प्राकाट्य भगवान्को मधुर रासलीला आयोजनको लागी श्रीव्रजभूमिमा भएको हो ।
रसोपासनामा वेदान्त र व्याकरण बुद्धिले साधकलाई व्यवधान पुर्याउन सक्छ ।
राधाभाव नै रसोपासनामा श्रीकृष्णको प्राप्ति हो ।
रसिकहरूको अनुभूति नै रसोपासनाविधिको प्रमाण हो ।
अप्राकृति लीला रासादि सन्दर्भमा प्रयोग भएका कामबीज,रति,कुचयुगल,भोग,विप्रलम्भ,संभोग, कामदशा जस्ता शब्दले प्राकृत मन्दबुद्धिको चित्तमा तुरुन्तै असर पार्छ ।
अप्राकृत र प्राकृत अर्थभेद निरुपण नभइकन अप्राकृत लीलामा प्रवेश गर्ने अधिकार हुदैन ।
अप्राकृत लीलामा प्रवेश गर्नको लागी पहिले भेदबुद्धिले उब्जिएका जडतर्क समाप्त हुनपर्छ ।
श्रीकृष्णभावनामृतमा इन्द्रीय, मन, बुद्धि पूर्णनिच्छेप भएपछि व्रजधामको प्राप्ति स्वतः हुन्छ ।
श्रीब्रजधामको स्वतः प्राप्तिले श्रीगोपाल र गोष्ठ परिकरसंगको प्राप्ति पनि स्वतः बनाउँछ ।
बाच्छा, गाई र गोरुको चरणभूमि नै श्रीव्रजभूमि हो, श्रीगोपाल नै व्रजभूमिमा नायक हुन् ।
रसोपासनाका नायक र परिकर सबै पात्रहरू गोवंशी हुन् ।
गोष्ठ, गाई,बाच्छा, बृष, मयुर, कोकिलआदि नै रसोपासना साधकको रसरंग सामाग्री हन् ।
सघनवन, ताल, तरुल, वृक्ष, तमाल, नदी आदि रसोपासनाका साधकको साधनास्थल हो ।
गौधन रसिकको सम्पति हो र गौरस भोजनामृत हो ।
श्रीकृष्णको करुणास्वरूप पृथ्वी र पृथ्वीको पुकारस्वरुप गाई र गाईकोसम्मान गोलोक हो ।
श्रीकृष्ण धरणे – बाङ्गाचरणे–बाङ्गो करणे ।
श्रीकृष्णको अत्यन्त सरलमूर्ति गोपाल, अत्यन्त प्रियनाम गोविन्द र अत्यन्त प्रियधाम श्रीगोलोक ।
माखन रसिकहरूको हृदय हो, जसलाई रसिकविहारी श्रीकृष्णले आफनो निजी अमूल्य संम्पति ठानेर विविध जुक्तिबाट मजदुरी, मागेर नभए चोरी गरेर पनि लिइहाल्नुहुन्छ ।
छाँच/मोही र दहि रसिकहरूको मन हो यसलाई पनि श्रीकृष्ण नै हरण गर्नु हुन्छ ।
व्रज रसिकको मन र हृदय श्रीकृष्णले चोरेर आफू पनि वेपत्ता हुनुभएकोले उनीहरू पागल जस्ता भएर राधा राधा रटिरहन्छन एहि नै व्रजवासीको खास परिचय हो ।
व्रज रसिकहरू आफ्नो मधुरधाम व्रजलाई छोडेर अन्य ऐश्वर्यादि धाममा जान पनि उति रुचाउँदैनन कारण के हो भने कतै उनीहरू नभएको बेला फेरि माखनचोर आएर माखन मागेमा के गर्नु ?
व्रज–चौरासी रसिक धाम “राधा राधा” जप नाम ।
कृष्णप्रेमाग्निले जलेको घाउमा राधा नामको महलम लगाउनु पर्छ ।
“जगतको आधार माया हो भने माया को अधार अज्ञान हो ।”
भगवद्भक्ति फलित भएमा अज्ञानका ग्रन्थीहरू खुल्दछन् ।
“माया जड् हो जो गुणदोष कारण सहित मनबुद्धि मा घटित हुन्छ ।”
“माया ले षड्विकार को उत्पति गराउँछ जो अधोगति को कारण हो ।”
“प्रेम चैतन्य हो जो अहेतु, अकारण, हृदयाभाव मा घटित हुन्छ ।”
“प्रेम अविकारी र निर्विशेष भएकोले उध्र्वगतिगामी भावुक हुन्छ ।”
“कालगतिको कारण जो संसारमा देखिन्छ त्यो परम सत्य होइन,
जो परम सत्य हो त्यो देखिन्न केवल अनुभूत हुन्छ ।”
“ज्ञानी ले दुःख को कारण आफैँ देख्दछ ।”
“सरलता नै अन्तर शान्तिको पहिलो शर्त हो” |